ad ad

समाज


दार्चुलामा ढुंगाले लागेर हाइड्रोका मजदुरको मृत्यु

दार्चुलामा ढुंगाले लागेर हाइड्रोका मजदुरको मृत्यु

नेपालखबर
भदौ ३, २०७७ बुधबार ९:४६,

दार्चुलाको मकरीगाड हाइड्रोपावरमा कार्यरत एक जना मजदुरको ढुंगाले लागेर मृत्यु भएको छ।

अपिहिमाल गाउँपालिका– ५ मकरीगाडमा निर्माणाधीन १० मेगावटको मकरीगाड हाइड्रोपावरमा कार्यरत मजदूर २९ वर्षीय सुनिलसिंह धामीको मृत्यु भएको हो।

मकरीगाड हाइड्रोपावरको पोल बोक्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए। ढुंगा लागेर घाइते भएका धामीलाई उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याउने क्रममा सेलविसामा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको गोकुलेश्वर अस्पतालमा शव परीक्षण गरिएको छ।

मृतक धामी गत चैतदेखि मकरीगाड हाइड्रोपावरमा कार्यरत थिए। मृतकका एक छोरा र श्रीमती छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .