नेपालमा कोरोना संक्रमणबाट दिनदिनै मृत्यु भइरहेको छ। आज (बुधबार) बिहान १० बजेसम्म यसका कारण मृत्यु भएकाको संख्या ११६ पुगेको छ।
मंगलबार दिउँसो स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा सार्वजनिक गरेको तथ्यांकपछि थप २ जना संक्रमितको मृत्यु भएको हो।
ललितपुरस्थित पाटन अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक–एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो।
ललितपुर जिल्ला स्वास्थ्य कार्यालयले विज्ञप्ति जारी गरी दिएको जानकारीअनुसार भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलााको आज बिहान मृत्यु भएको हो।
यस्तै बीपी प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मोरङ बूढीगंगा गाँउपालिका-२ की ६७ वर्षीया कोरोना संक्रमितको मंगलबार राति मृत्यु भएको हो।
हिजो मंगलबार मात्र स्वास्थ्य मन्त्रालयले थप ७ जनाको मृत्यु भएको जानकारी दिएको थियो।
सबै गरेर अहिलेसम्म देशभर कोरोनाबाट मृत्यु भएकाको संख्या ११६ पुगेको छ।

प्रतिक्रिया