ad ad

समाज


कुटपिट गरेर गर्भवती युवतीको हत्या गरेको आरोप, पति र सासु पक्राउ

कुटपिट गरेर गर्भवती युवतीको हत्या गरेको आरोप, पति र सासु पक्राउ

नेपालखबर
भदौ २, २०७७ मंगलबार ३:५२,

गर्भवती युवतीको हत्या गरेको आरोपमा सिरहा प्रहरीले मृतकका पति र सासूलाई पक्राउ गरेको छ।

सिरहा नगरपालिका-१६ निवासी १९ वर्षीया कुलतीदेवी दासको हत्या आरोपमा उनका २० वर्षीय पति धीरज दास र सासू ३५ वर्षीया राजकुमारी दास पक्राउ परेका हुन्।

कुलतीदेवीको २७ साउनमा मृत्यु भएको थियो।

तीन महिनाकी गर्भवती छोरीलाई कुटपिट गरी हत्या गरिएको भन्दै मृतक युवतीका बुवा चन्दर दासले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएपछि आमाछोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

पक्राउ परेका आमा छोरामाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

युवतीको मृत्यु भएको भोलिपल्ट साउन २८ गते बिहान छिमेकीहरुले घटनाबारे जानकारी गराएपछि माइती पक्षले थाहा पाएका थिए।

शव परीक्षणको रिपोर्ट आएपछि किटानी जाहेरी दिन प्रहरीले भनेकाले साउन ३० गते किटानी जाहेरी दिएको मृतक युवतीका बुवा चन्दरले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .