ad ad

समाज


प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो

शैलेन्द्र महतो
भदौ १, २०७७ सोमबार १२:१५,

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा प्रदेश २ मा २११ जना संक्रमित भेटिएको छ। यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार १७६ पुगेको स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए।

सोमबार विभिन्न प्रयोगशालाबाट पछिल्लो २४ घण्टामा आएको पीसीआर रिपोर्ट अनुसार सबभन्दा बढी बारा जिल्लामा १०६ जना संक्रमित भेटिएका छन्। यस्तै पर्सामा २७ जना, रौतहटमा १९ जना, सर्लाहीमा १८ जना, धनुषामा १७ जना, महोत्तरीमा १४ जना, सप्तरीमा ६ र सिरहामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

नयाँ संक्रमित भेटिएका मध्ये ५३ जना महिला छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। धनुषाको धनौजी गाउँपालिकाका ६५ वर्षीय एक पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा, रौतहटको गौर नगरपालिका १ का ३२ वर्षीय पुषको संक्रमणबाट मृत्यु भएको निर्देशनालयका झाले बताए।

योसँगै प्रदेश २ मा मृत्यु हुनेको संख्या ४७ पुगेको छ।

यस्तै उपचार पश्चात यस प्रदेशबाट सोमबार ३ महिलासहित ५५ जना कोरोना मुक्त भएर घर फर्केका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .