समाज


पाल्पामा अवैध भरुवा बन्दुकसहित दाजुभाइ पक्राउ

पाल्पामा अवैध भरुवा बन्दुकसहित दाजुभाइ पक्राउ

नेपालखबर
साउन ३१, २०७७ शनिबार १०:६,

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको बल्गामा अवैध भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्।

प्रहरीले शनिबार भरुवा बन्दुकसहित एकै परिवारका दाजुभाइलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भुवनपोखरीका ४७ वर्षीय भोजबहादुर र २१ वर्षीय दीपेन्द्र खाम्चा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए।

मुझुंग प्रहरी कार्यालयको टोलीले शसिनबार बिहान १० बजेतिर उनीहरुलाई बन्दुकसहित पक्राउ गरेको हो।

उनीहरुका घरमा अवैध भरुवा बन्दुक रहेको स्थानीय बासिन्दाको सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा हतियार फेला परेपछि नियन्त्रणमा लिइएको जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad