समाज


पहिरामा परेर शुक्रबार एकै दिन १७ जनाको मृत्यु, २८ बेपत्ता

पहिरामा परेर शुक्रबार एकै दिन १७ जनाको मृत्यु, २८ बेपत्ता

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार २३:५९,

मुलुकका विभिन्न क्षेत्रमा पहिरामा परेर शुक्रबार एकै दिन १७ जनाको मृत्यु भएको छ। २८ जना बेपत्ता भएका छन्।

सबैभन्दा ठूलो पहिरो सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा खसेको छ। त्यस गाउँमा मात्रै १० जनाको मृत्यु भएको र २८ जना बेपत्ता रहेका गृहमन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी ओस्तीले जानकारी दिए। बेपत्ताको खोजी जारी छ।

स्थानीयले जोखिम क्षेत्र पहिचान गरी उच्च सावधानी अपनाइरहेका भए पनि अन्ततः पहिराबाट जोगिएनन्। स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै बस्ती व्यवस्थापन गर्न मागसमेत गरे पनि सुनुवाइ हुन सकेको थिएन।

शुक्रबार नै सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापाले पहिराग्रस्त क्षेत्र पुगेर स्लथगत अनुगमन गरेका छन्। पाँच घाइतेलाई उपचारका लागि काठमाडाैँ ल्याइएको छ। यस्तै सरकारले टेन्ट त्रिपालसहित केही राहत सामग्री त्यहाँ पुर्‍याएकाे छ।

यस्तै शुक्रबार नै कालीकोटको महावै गाउँपालिका–३ नकुमा पनि पहिरामा परेर ६ जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। माथिबाट पहिराले घर थिचेको थियो।

यस्तै मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँस्थित एक ढुङ्गाखानीमा माथिबाट पहिरो खस्दा शुक्रबार एक जनाको मृत्यु भएको ओस्तीले जानकारी दिए।

सोही क्रममा एउटा स्काभेटर र टिप्परमा क्षति भएको छ। यो वर्षको वैशाखदेखि शुक्रबारसम्म पहिरामा परेर २०६ जनाको मृत्यु भएको छ। अझै ७१ जना बेपत्ता छन्। १६० भन्दा बढी व्यक्ति घाइते भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .