समाज


कोरोना संक्रमितका लागि २० प्रतिशत बेड छुट्याउन निजी अस्पताललाई अपिल

कोरोना संक्रमितका लागि २० प्रतिशत बेड छुट्याउन निजी अस्पताललाई अपिल

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार ९:४२,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी विद्यालयहरुलाई कम्तिमा २० प्रतिशत बेड छुट्याउन अपिल गरेको छ।

शुक्रबार सूचना प्रकाशित गरी मन्त्रालयले काठमाडौं उपत्यका लगायत घना बस्तीहरुमा कोरोना संक्रमण फैलिँदै गएको र अस्पतालहरुमा बेड अभाव हुँदै गएको भन्दै निजी क्षेत्रका अस्पतालहरुलाई पनि कम्तिमा बीस प्रतिशत बेडहरु कोभिड व्यवस्थापनका लागि राख्न अपिल गरेको छ।

यस्तै, मन्त्रालयले कुनै पनि अस्पतालमा भर्ना भएका बिरमीलाई कोरोना पोजेटिभ देखिएमा कोरोना हव अस्पतालको संयोजनमा सोही अस्पतालमा व्यवस्थापन गर्न निर्देशन दिएको छ।

साथै उपत्यका भित्रका कुनैपनि अस्पतालमा प्रेशण गर्नुपर्ने भएमा हव अस्पतालको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन लिएर मात्रै गर्न पनि आग्रह गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad