काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिर जाने सवारी पास वितरण गर्न बन्द गरेको छ।
बिहीबार सूचना प्रकाशित गरी प्रशासनले उपत्यका बाहिरका जिल्लाहरुबाट आउने सवारी पासको स्वीकृतिसमेत बन्द गरेको जनाएको छ।
बुधबार गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी आजदेखि अन्तरजिल्ला सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको थियो।
काठमाडौं जिल्ला प्रशाससनले सोही निर्देशन बमोजिम अर्को व्यवस्था नभएसम्म सवारी पास पूर्ण रुपमा बन्द गरेको जनाएको छ।
3
Shares
प्रतिक्रिया