समाज


मोटरसाइकल र स्कुटर चोरीमा संलग्न तीन जना पक्राउ

मोटरसाइकल र स्कुटर चोरीमा संलग्न तीन जना पक्राउ

नेपालखबर
साउन २९, २०७७ बिहिबार ३:३३,

प्रहरीले पोखराबाट स्कुटर तथा मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोरखा साविक थालाजुङ गाबिस-४ स्थायी घर भई हाल पोखरा-३ नदीपुर बस्ने वर्ष १९ का सन्दीप श्रीमल तथा अन्य दुई जना किशोर छन्। उनीहरुको परिचय प्रहरीले गोप्य राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

बुधबार बिहान १ बजे फूलबारीमा स्कुटर चोरेर भाग्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। पक्राउपछि अनुसन्धान गर्ने क्रममा अन्य थप दुई वटा चोरीको स्कुटरसमेत बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले साउन २५ गते पोखरा-४ गणेशटोलस्थित सुकमाया कामीको घरको कम्पाउण्डबाट चोरी भएको ज्ञानकुमारी गुरुङको ग६प ६३४२ नम्बरको रातो डियो स्कुटर पोखरा-१२ फूलबारी सफामार्गमा फेला पारेको थियो।

त्यसैगरी साउन २६ गते राति पोखरा-४ रामकृष्ण टोलबाट चोरी भएको धनमाया गुरुङको नामको ग १७ प ३०५१ नम्बरको रातो डियो स्कुटर र साउन २७ गते राति १२ः३० बजेमा पोखरा-११ प्रगतिटोलबाट हराएको सिर्जना मल्ल ठकुरीको ग ५ प ३९१५ नम्बरको निलो डियो स्कुटर पोखरा-२६ बुढीबजारबाट बरामद गरिएको प्रहरी प्रवक्ता हमालले जानकारी दिए।

पोखरा उपत्यका र आसपासबाट विभिन्न समय र स्थानबाट मोटरसाइकल र स्कुटर चोरी भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र मातहत इलाका प्रहरी कार्यालय, सिसुवाबाट प्रहरी टोली खटिई खोजतलास तथा अनुसन्धानको शुरु गरेको थियो।

पक्राउ परेकाहरुको साथबाट चोरीका पाँच थान मोबाइल सेट फेला परेको प्रहरीले जनाएको छ। उनीहरुलाई चोरी तथा डाँका कसुरअन्तर्गत जिल्ला अदालतबाट बुधबार पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad