अवैध मिर्गौला प्रत्यारोपणमा संलग्न रहेको आरोपमा पक्राउ परेकी भोजपुरकी रेश्मा राई थुनामा गएकी छन्। अदालतले माग गरेको चार लाख रुपैयाँ धरौटी दाखिला गर्न नसक्दा उनलाई कारागार चलान गरिएको ललितपुर प्रहरीले जनाएको छ।
सोही घटनामा पक्राउ परेका १३ जनासँग जिल्ला अदालत ललितपुरले २० हजारदेखि ४ लाख रुपैयाँसम्म धरौटी लिएर छाड्न आदेश दिएको छ। अन्य १२ जना भने बुुधबार नै धरौटी बुुझाएर छुटेका छन्।
अदालतले जमुुना बतास र योगेन्द्रराज थपलियालाई पनि चार लाख रुपैयाँका दरले धरौटी माग गरेको थियो। भिम प्रसाद खनाल ५५ हजार, श्री गोपाल महर्जन, नवराज केसी, राजकुमार केसी, रामचन्द्र ढकाल, रमेश काफ्ले, डा. राकेश कुमार बर्मा, डा. सुुप्रभात श्रेष्ठ र डा. बालकृष्ण कालाखेतीलाई ५० हजार रुपैयाँका दरले धरौटी माग गरिएको थियो। उनीहरु अदालतले मागे अनुसार धरौटी दाखिला गरेर बुुधबार साँझ छुटेका छन्।
यस्तै नक्कली भान्जा भनेर मिर्गौला दिने सन्तोष राई पनि २० हजार रुपैयाँ धरौटीमा छुटेका छन्। चितवनको पुरानो मेडिकल कलेजमा नक्कली भान्जा बनाए मिर्गौला प्रत्यारोपण गराउन संलग्न रहेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको थियो। सोही घटनामा संलग्न ७ जना भने फरार छन्।

प्रतिक्रिया