ललितपुरको किस्ट अस्पतालमा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार किस्ट अस्पतालमा भर्ना भएकी काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको सोमबार बिहान मृत्यु भएको थियो।
उनी निमोनियाको समस्याले अस्पताल आएकी थिइन्। उनको कलेजो र गलब्लाडरमा समेत समस्या देखिएको अस्पतालका चिकित्सकले बताएका छन्।
यससँगै कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या ८० पुगेको छ।
गएको पाँच दिनमा मात्र ज्यान गुमाउनेको संख्या २० पुगेको छ।
हालसम्म नेपालमा कोरोना भाइरसबाट २३ हजार ३ सयभन्दा बढी संक्रमित भएका छन्।

प्रतिक्रिया