समाज


बोक्सी भगाउन भन्दै धामीले कुटपिट गर्दा बिरामी घाइते, काका पनि कुटिए

बोक्सी भगाउन भन्दै धामीले कुटपिट गर्दा बिरामी घाइते, काका पनि कुटिए

नेपालखबर
साउन २५, २०७७ आइतबार ८:९,

पाल्पामा बोक्सीको आरोपमा दुई जनामाथी कुटपिट भएको छ।

रामपुर नगरपालिका ८ सिद्धबाबास्थित कालीगण्डकी नदीको किनारमा रहेको पौवामा झारफुकका लागि पुगेका उनीहरुलाई दुई जना धामीले कुटपिट गरेका हुन्।

१७ वर्षीय युवती बेलाबेला बेहोस् हुने समस्या देखिएपछि उनलाई पौवामा झारफुकका लागि लगिएको थियो। आमा र काकासँग गएकी उनको शरीरमा बोक्सी लागेको र बोक्सी हटाउने भन्दै किशोरीलाई दुई जना धामीले कुटपीट गरेका थिए।

किशोरी घाइते भएपछि धामीले उनका काकालाई पनि बोक्सी लगाइदिएको भन्दै कुटपीट गरेको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी मदन गिरीले बताए।

शुक्रबार राति कुटपीटबाट घाइते भएका उनीहरुले प्रहरीमा जाहेरी दिएका थिए।

ईलाका प्रहरी कार्यालय रामपुरले कुटपिट गर्ने नुवाकोट बेलकोटगढी नगरपालिका–१ घर भई नवलपरासी देउचुली नगरपालिका–४ बस्ने ५६ वर्षीय बुद्धि पुडासैनी र सोही स्थान बस्ने ३७ वर्षीया यममाया कुमाललाई पक्राउ गरेको छ।

उनीहरुलाई अपमानजनक व्यवहार गरेको आरोपमा प्रहरीले अनुसन्धान अगाडी बढाएको छ। उक्त मुद्दामा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad