ad ad

समाज


न्यून चापीय रेखा नेपालतर्फ सर्दै, अब ३ दिन ठूलो वर्षाको सम्भावना

न्यून चापीय रेखा नेपालतर्फ सर्दै, अब ३ दिन ठूलो वर्षाको सम्भावना

नेपालखबर
साउन २४, २०७७ शनिबार १:२,

मनसुनको न्यून चपाीय रेखा फेरि नेपालतर्फ नजिकिँदै गरेकाले देशभर वर्षाको मात्रा बढ्दै गएको मौसमविद्ले बताएका छन्।

बागमतीदेखि पश्चिम हिजै (शुक्रबार) साँझदेखि नै वर्षा भइरहेको र आज (शनिबार) रातिदेखि अझ बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।

‘कर्णाली र सुदूरपश्चिम प्रदेशतिर त हिजै साँझदेखि वर्षा भइरहेको छ, यसैगरी ५ नम्बर, गण्डकी र बागमती प्रदेशका केही स्थानमा रातिदेखि हल्का पानी परिरहेको छ,’ मौसमविद् कँडेलले शनिबार बिहान नेपालखबरसँग भनिन्, ‘आज रातिबाट वर्षा अझ बढ्ने सम्भावना छ।’

उनका अनुसार बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा पनि रातिदेखि नै वर्षा भइरहेको छ। गत २० घण्टामा उपत्यकामा २९ मिलिमिटर वर्षा भएको माैसमविद् कँडेलले जानकारी दिइन्। यो भनेको मध्यम वर्षा हो। ५० मिलिमिटर कटेपछि भारी वर्षा मानिन्छ।

महाशाखाले शुक्रबार साँझ नै जारी गरेको विशेष मौसम बुलेटिनमा भनिएको छ-  शनिबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागनजिक सर्ने सम्भावना देखिएकाले २-३ दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षासमेत हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसमविद्का अनुसार मनसुनको न्यून चापीय रेखा जति नजिक हुन्छ, उति वर्षा बढ्छ। अहिले भने यो रेखा नेपालभन्दा दक्षिणतर्फ नै छ। ‘तर यो बिस्तारै नेपालतर्फ नजिक हुँदैछ,’ मौसमविद् कँडेलले भनिन्, ‘त्यही भएर क्रमशः वर्षाको मात्रा बढ्दैछ, आज राति भने रेखा नेपालको नजिकै आइपुग्ने सम्भावना छ।’

माैसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेकाे तीन दिनकाे वर्षा अनुमान-

Screenshot 149

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .