समाज


भूमाफियासँग मिलेर जनप्रतिनिधिले नै दिए जग्गा नबेचे ज्यानै मारिदिने धम्की!

भूमाफियासँग मिलेर जनप्रतिनिधिले नै दिए जग्गा नबेचे ज्यानै मारिदिने धम्की!

नेपालखबर
साउन २३, २०७७ शुक्रबार ७:२४,

मोरङकाे सुन्दरहरैचा नगरपालिकाका जनप्रतिनिधिले सर्वसाधारणलाई भूमाफियासँग मिलेर आफूले माग गरेको जग्गा नबेचे मारिदिने धम्की दिएका छन्।

सुन्दरहरैचा वडा नं ८ का अध्यक्ष खेम न्यौपानेले वडा कार्यालयमै बोलाई आफ्नो जग्गा नबेचे हात खुट्टा भाँचिदिने तथा मारेर फालिदिने धम्की दिएका हुन्।

जग्गाधनी ईश्वरमणि निरौलाले इलाका प्रहरी कार्यालय बेलबारी मोरङमा सुन्दरहरैचा नगरपालिका वडा अध्यक्षसहित भूमाफियाले जग्गा बेच्न धम्की दिएको भन्दै सुरक्षाका लागि निवेदन दिएपछि जनप्रतिनिधिको धम्कीबारे खुलेको हो।

निवेदक निरौलाले आफ्नो १ कठ्ठा सवा १२ धूर जग्गाको लागि वडा अध्यक्ष र भूमाफियाबाट बारम्बार जग्गा बेच्न दबाब आउने गरेको उजुरी दिएका छन्।

‘मेरो जग्गा बेच्दिनभन्दा पनि बारम्बार धम्की दिने गरेका छन्’, निरौलाले भने, ‘वडा अध्यक्षले वडा कार्यालयमै बाबुलाई बोलाएर छोरालाई जग्गा बेच्न भन नभए मारेर फालिदिन्छु भन्दै धम्की दिएका छन्।’

उनले वडा अध्यक्ष खेम न्यौपानेसहित भूमाफिया निराजन बस्नेत, अशोक पाैडेल, सुवास कार्की, बाबुराम भट्टराइ, सन्ताेष पाेखरेलविरुद्ध उजुरी दिएका छन्।

निरौलाले आफू र आफ्नो परिवार अन्याय र त्रासमा परेको भन्दै जिउधन सुरक्षा गरिपाऊँ भन्दै प्रहरीमा साउन २३ गते निवेदन दिएका छन्।

‘वडा अध्यक्ष खेम न्यौपानेले आफ्नो अगुवाइमा निरौलाका बाबुलाई वडा कार्यलयमा बोलाई छोराले जग्गा नबेचे हात खुट्टा भाँचिदिने तथा मारेर फालिदिने धम्की दिएको’ निवेदनमा उल्लेख छ।

वडा अध्यक्ष खेम न्यौपानेले भने वडामा उजुरी परेकाले आफूले मिलाउनको लागि दुवै पक्षलाई बोलाएको दाबी गरेका छन्।

‘निराजन बस्नेतले वडा कार्यालयमा ईश्वरमणिको नाममा भएको जग्गा रोक्का गरी हाम्रो जग्गा फिर्ता गरिपाऊँ भन्ने उजुरी परेको छ’, उनले नेपालखबरसँग भने, ‘मैले सुल्झाउन खोजेको हुँ धम्की दिएको छैन। मैले नसकेपछि नगर उपप्रमुखकहाँ गएर मिलाउन भनेको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad