समाज


कोरोनाबाट वीरगञ्जमा थप २ जनाको मृत्यु, १४१ जनामा संक्रमण पुष्टि

कोरोनाबाट वीरगञ्जमा थप २ जनाको मृत्यु, १४१ जनामा संक्रमण पुष्टि

नेपालखबर
साउन २३, २०७७ शुक्रबार ४:१८,

पर्सामा कोरोना संक्रमणबाट थप दुईजना पुरुषको मृत्यु भएको छ।

वीरगञ्ज महानगरपालिका-११ श्रीपुरका ७९ र ५७ वर्षीय दुई पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको नारायणी अस्पताल स्रोतले जनाएको छ। उनीहरु दुबैमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो।

५७ वर्षीय व्यवसायीको कोभिड अस्पताल गण्डकमा उपचारको क्रम मृत्यु भएको र ७९ वर्षीय वृद्धको भने घरमै मृत्यु भएको वीरगञ्जस्थित अस्थायी कोभिड विशेष अस्पतालका इन्चार्ज डा.निरजकुमार सिंहले जानकारी दिए।

चिकित्सकका अनुसार मृतक दुवै मुटु र स्वासप्रस्वाव रोगबाट पीडित थिए। बिहीबार मृत्यु भएका दुईसहित कोरोना संक्रमणको कारण ज्यान गुमाउने चार जनाको शवको गए राति अन्त्यष्ठि गरिएको पर्साका डिएसपी मनोजजित कुँवरले नेपालखबरलाई जानकारी दिए।

यसैबीच पर्सामा सुरक्षाकर्मीसहित थप एक सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

याे पनि कोरोना संक्रमणका कारण सिरहामा एक युवकको मृत्यु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad