समाज


सीटीईभीटीको कामप्रति नेकपा महासचिव असन्तुष्ट

सीटीईभीटीको कामप्रति नेकपा महासचिव असन्तुष्ट

नेपालखबर
साउन ३, २०७६ शुक्रबार १०:५८,

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी)को कामकार्वाहीप्रति असन्तुष्टि जनाएका छन्।

महासचिव पौडेलले मुलुकलाई समृद्ध बनाउने गरी आवश्यक जनशक्ति निर्माण गर्नुपर्ने सिटिईभीटीको काम चित्तबुझ्दो नभएको भन्दै असन्तुष्टि जनाएका छन्। सीटीईभीटी राष्ट्रिय कर्मचारी संगठनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई समृद्ध बनाउने गरी आवश्यक जनशक्ति निर्माण हुने गरी आफ्नो काम कार्वाहीलाई अघि बढाउन पनि सीटीईभीटीलाई सचेत गराए।

उनले सीटीईभीटीको कामलाई प्रभावकारी बनाउने गरी सरकारको तर्फबाट आवश्यक नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्न आफूले पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

महासचिव पौडेलले जीवन उपयोगी शिक्षा र तालिम दिने उद्देश्यका साथ २०४५ सालमा स्थापना गरिएको सीटीईभीटीले मुलुकको राष्ट्रिय आवश्यक्ता अनुसारको जनशक्ति निर्माणको कामलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने जरुरी रहेको पनि बताए।

उनले शिक्षालाई जीवन उपयोगी बनाएर मात्रै मुलुकको समृद्धि सम्भव हुने भएकाले त्यसमा गम्भिर भएर सोच्न पनि सीटीईभीटीका पदाधिकारीहरुको ध्यानाकर्षण गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad