समाज


‘चेतावनी बाबजुद बेइरुतको बन्दरगाहमा एमोनियम नाइट्रेट राखिएको थियो’

‘चेतावनी बाबजुद बेइरुतको बन्दरगाहमा एमोनियम नाइट्रेट राखिएको थियो’

नेपालखबर
साउन २२, २०७७ बिहिबार ८:३३,

करिब २ हजार ७५० टन ‘एमोनियम नाइट्रेट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटमा परी चार हजार भन्दा बढी घाइते भएका छन्।

यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट’ भण्डारण गरिएको थियो ।

लेबनानका गृहमन्त्री मोहम्मद फाहमीले सो गोदाममा एमोनियम नाइट्रेट राखिएकाले त्यो विस्फोट शक्तिशाली हुन पुगेको र यसले ठूलो क्षति पुर्याएको बताएका थिए।

लेबनानका प्रधानमन्त्री हासान डीयाबले यस विस्फोटलाई देशको ठूलो विपत्ति भनेका छन्।

Beirut blast: Lebanon in mourning after massive explosion - BBC News

उनले यस विषयको अनुसन्धान शुरु भइसकेको र दोषीहरूलाई जबाफदेही बनाइनुपर्ने बताएका छन्।

अधिकारीहरुले लापारवाही तवरबाट एमोनियम नाइट्रेट राखिएका कारण दुर्घटना भएको र यसका दोषीलाई कारवाही गरिनुपर्ने बताएका छन्।

गोदाममा राखिएको एमोनियम नाइट्रेटको अवस्थाका बारेमा जाँचबुझ गरी पाँच महिना अघि नै लेबनान सरकारलाई प्रतिबेदन बुझाइएको थियो।

प्रतिबेदनमा एमोनियम नाइट्रेटको भण्डारमा सुरक्षा सतर्कता अति जरुरी रहेको औंल्याइएको थियो।

यसअघि सन् २०१६ मा पनि स्थानीय अधिकारीहरुले सो क्षेत्रमा विस्फोटक पादार्थ राखिनु सुरक्षित नभएको बताएका थिए।

चेतावनी बाबजुद पनि एमोनियम नाइट्रेट लापारवाही गरेर त्यहाँ राखिएका कारण देशले ठूलो दुर्घटना झेल्नु परेको बताइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad