सिन्धुलीको दूधौली नगरपालिका-२ मा वर्षासँगै परेको चट्याङले एक जनाको मृत्यु भएको छ।
सिन्धुली जिल्ला प्रहरी कार्यालयका अनुसार चट्याङले लागेर दूधौली नगरपालिका–२ लामिडाँडाका ४९ वर्र्षीय प्रेमबहादुर घिसिङको मृत्यु भएको हो।
मंगलबार साँझ खेतमा गाई चराएर घर फर्किने क्रममा घिसिङलाई चट्याङले लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए।
घाइते अवस्थामा उद्धार गरी स्थानीय क्लिनिक (लामिडाँडा) लगिएकामा उपचारका क्रममा बुधबार उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय (सिन्धुली) ले जनाएको छ।
3
Shares
प्रतिक्रिया