गतहप्ता डुटेर्तेले मास्कलाई कोरोना मुक्त बनाउन पेट्रोलले धुनुपर्ने सुझाव दिएपछि सरकारका स्वास्थ्यकर्मीहरुले डुटेर्तेले उक्त विषय जिस्किएर मात्र भनेको प्रतिक्रिया जनाएका थिए।
तर डुटेर्तेले हालै आफूले गम्भीर रुपमै मास्कलाई पेट्रोलले धुनुपर्ने बताएको जनाएका छन्। उनले भने,‘म जिस्किएको होइन, मास्कलाई पेट्रोलले धोऔं।’
फिलिपिन्स सरकारको स्वास्थ्य सल्लाहकारले कपडाको मास्कलाई साबुनले धोएर पुनः प्रयोग गर्न सकिने तथा सर्जिकल मास्क भने एकपटक लगाएपछि परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन्।
तर डुटेर्तेले भने मास्कलाई पेट्रोलले धुनुपर्ने बताएपछि स्वास्थ्यकर्मीले डुटेर्तेको भनाइमा सत्यता नरहेको उल्लेख गरेका छन्।
पेट्रोल लागेको मास्क लगाउँदा उल्टै स्वास्थ्यमा समस्या उत्पन्न हुने र आगो लाग्ने खतरा हुने उनीहरुले बताएका छन्। एजेन्सी
Shares
प्रतिक्रिया