ad ad

समाज


४५ मिनेटमै हटाइयो पृथ्वी राजमार्गको पहिरो

४५ मिनेटमै हटाइयो पृथ्वी राजमार्गको पहिरो

नेपालखबर
साउन १७, २०७७ शनिबार २:५२,

पहिरो अवरुद्ध भएको पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।

पहिरोले अवरुद्ध तनहुँको आँबुखैरेनी सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको हो। आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा पहिरो झरेपछि शनिबार बिहान पौने आधा घण्टा राजमार्ग अवरुद्ध भएको थियो।

पहिरो खसेको ४५ मिनेटमा राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

राजमार्गमा दुईतर्फी गाडी सञ्चालन गर्न थप पहिरो पन्छ्याउने काम भइरहेको छ। वर्खा लागेसँगै पहिरो जाँदा पृथ्वी राजमार्ग पटकपटक अवरुद्ध हुँदै आएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .