ad ad

समाज


कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव सम्मानकासाथ व्यवस्थापन

कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव सम्मानकासाथ व्यवस्थापन

शैलेन्द्र महतो
साउन १२, २०७७ सोमबार १६:१४,

धनुषामा कोरोना संक्रमणबाट आइतबार मृत्यु भएका ३८ वर्षीय एक पुरुषको शवलाई नेपाली सेनाले व्यवस्थपन गरेको छ। धनुषाको सहिद नगरपालिका ८ डुमरियाका ३८ वर्षीय पुरुषको शवलाई सोमबार नेपाली सेनाले व्यवस्थापन गरेको हो।

संक्रमित पुरुषको शवलाई श्रीनाथ गणबाट सह सेनानी बिधुत कुमार बस्नेतको नेतृत्वमा खटेको टोलीले धनुषाको मिथिला बिहारी नगरपालिका २ स्थित परसुराम तलाउ नजिकै ससम्मान अन्त्येष्टि गरेको जनाएको छ।

रुघाखोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि गएको शनिबार ती पुरुषलाई उपचारको लागि प्रादेशिक अस्पताल अन्तर्गत निर्माण गरिएको कोभिड २ लेभेल अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो। अवस्था गम्भीर हुँदा भेन्टिलेटरको अभावमा शनिबार थप उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाउँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो।

samman-korona-dethbody1.jpg

कोरोना संक्रमणबाट मृत्युभएपछि प्रादेशिक अस्पतालमा उनलाई उपचार गरिएको आकास्मिक वार्ड २४ घण्टा र आइसियू वार्ड ७ दिनको लागि सिल गरिएको छ।

यस्तै संक्रमितको बसोबास स्थल सहिदनगर नगरपालिका ८ स्थित डुमरियासहित नाथपट्टीलाई सोमबार सिल गरिएको सहिदनगर नगरपालिकाले जनाएको छ। मृतकका परिवारका १३ जनालाई क्वारेन्टाइनमा समेत राखिएको छ भने कन्ट्यक्ट ट्रेसिंगको काम भइरहेको छ।

ती व्यक्ति डुमरिया बजारमा किराना र हार्डवेयरको पसल सञ्चालन गर्दै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .