ad ad

कारोबार


युरोको मूल्य बढ्दा डलर उही दरमा : यस्तो छ आजको विदेशी विनिमय दर

युरोको मूल्य बढ्दा डलर उही दरमा : यस्तो छ आजको विदेशी विनिमय दर

नेपालखबर
साउन १२, २०७७ सोमबार १६:४६,

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी विनिमयहरुको दर निर्धारण गरेको छ। नेपालमा मूलतः भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको दर भने हरेक दिन फरक फरक निर्धारण हुन्छ।

सोहीअनुसार भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ।

आज अमेरिकी डलरको खरिद तथा बिक्री दर परिवर्तन भएको छैन। सोमबारजस्तै अमेरिकी डलर १ को १ सय १९ रुपैयाँ ४४ पैसामा खरिद तथा १ सय २० रुपैयाँ ०४ पैसामा बिक्री गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

तर युरोको खरिद तथा बिक्री दर भने केही परिवर्तन भएको छ । राष्ट्र बैंकका अनुसार आज १ युरोको खरिद दर १ सय ४० रुपैयाँ ०६ पैसा तथा बिक्री १ सय ४० रुपैयाँ ७६ पैसा तोकिएको छ।

अन्य कुन मुद्रा कति रुपैयाँमा खरिदबिक्री?
nrb rate 7 28

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .