समाज


जबर्जस्ती करणीका फरार प्रतिवादी पक्राउ

जबर्जस्ती करणीका फरार प्रतिवादी पक्राउ

नेपालखबर
साउन २, २०७६ बिहिबार ९:५७,

जबर्जस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जबर्जस्ती करणी मुद्दामा २ वर्ष ६ महिना कैद सजाय पाएका हेटौँडा उपमहानगपालिका–६ का ४४ वर्षीय पुण्यप्रसाद चौलागाईंलाई जिल्ला प्रहरी कार्यालयले पाँच वर्षपछि पक्राउ गरेको हो।

जिल्ला अदालत मकवानपुरले २०६९ साल चैत ६ गते र पुनरावेदन अदालत हेटौँडाले २०७१ साल असार १७ गते चौलागाईंलाई २ वर्ष ६ महीना कैद सजायको फैसला सुनाएको थियो। कैद सजाय सुनाएपछि फरार रहेका चौलागाईंलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वमा खटिएको टोलीले मङ्गलबार हेटोँडा–२ बाट नियन्त्रणमा लिएको हो।

उनलाई बुधबार जिल्ला अदालत मकवानपुरमा पेश गरी कैद भुक्तानका लागि कारागार कार्यालय भीमफेदी मकवानपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .