समाज


बाढीपहिरोमा मृत्यु हुनेको संख्या ९० पुग्यो, २९ अझै बेपत्ता

बाढीपहिरोमा मृत्यु हुनेको संख्या ९० पुग्यो, २९ अझै बेपत्ता

नेपालखबर
साउन २, २०७६ बिहिबार ९:४२,

गत हप्ताको बिहीबारदेखि भएको भीषण वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाले ज्यान गुमाएका छन्।

बिहीबार बिहान १० बजेसम्ममा मृत्यु हुनेको संख्या ९० पुगेको गृह मन्त्रालयले जनाएको छ।

त्यस्तै बाढी र पहिरोमा परेर अहिलेसम्म २९ जना बेपत्ता भएका छन् भने ४१ जना घाइते भएको मन्त्रालयले जनाएको छ। घाइतेमध्ये ११ जना अहिले पनि विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् भने अरु उपचारपछि घर फर्किसकेका छन्।

त्यस्तै बाढीपहिरो र डुबानबाट प्रभावित झण्डै ३७ सय जनालाई सुरक्षाकर्मीले उद्धार गरेका छन्।

गत बिहीबारदेखि आइतबारसम्म निरन्तर रुपमा भएका अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति गरेको थियो।

मनसुन शुरु भएपछि बाढी, पहिरो तथा डुबानबाट देशका विभिन्न जिल्लाका ९० हजार परिवारका करिब चार लाख ५२ हजार मानिस प्रभावित भएको मानवीय संस्था नेपाल रेडक्रस सोसाइटीले प्रारम्भिक अनुमान लगाएको छ।

बाढी, पहिरो र डुबानले प्रदेश १, २ र ३ मा बढी क्षति पु¥याएको छ। प्रदेश २ अन्तर्गत तराईका कतिपय जिल्लाहरुमा अहिले पनि डुबानको समस्या यतावत नै रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad