समाज


उच्च अदालतकाे कैद र लाखाैँ जरिवाना सजाय छली फरार राजेन्द्र महर्जन पक्राउ

उच्च अदालतकाे कैद र लाखाैँ जरिवाना सजाय छली फरार राजेन्द्र महर्जन पक्राउ

नेपालखबर
साउन ११, २०७७ आइतबार ९:६,

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय पाई फरार भएका एक जनालाई पक्राउ गरेको छ।

सीआईबीले काठमाडौं कलंकी घर भई ललितपुर महालक्ष्मीस्थान बस्ने राजेन्द्र कुमार महर्जनलाई पक्राउ गरेको हो।

महर्जनविरुद्ध उच्च अदालत पाटनले ०७६ माघ २० गते बैंकिङ कसुरमा दोषी ठहर गर्दै १० दिन कैद र १५ लाख ७५ हजार जरिवानाको सजाय सुनाएको थियो। तर उनी फरार भएका थिए।

उनलाई सीआईबीले आज कलंकीबाट पक्राउ गरेको हो।

उनले आफ्नो नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको खाता नम्बर ०५२०५०५००६३९३० को खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवालालाई झुक्यानमा पारेका थिए।

सो क्रममा ०७५ भदौ ५ मा बैंक चेक काटी दिएकोमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट महर्जनविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३(ग)बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम फैसला भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad