ad ad

समाज


भारतको आसाममा बाढीका कारण ९६ जनाको मृत्यु

भारतको आसाममा बाढीका कारण ९६ जनाको मृत्यु

नेपालखबर
साउन १०, २०७७ शनिबार ८:३५,

यहाँ शुक्रबार थप तीन जनाको ज्यान गएपछि बाढीबाट यहाँका कम्तीमा पनि ९६ जनाको ज्यान गएको जनाइएको छ।

यस राज्यमा गएको हप्तादिनसम्म परेको अविरल वर्षापछि ठूलो बाढी आएको थियो। अहिले पनि वर्षाको क्रम जारी नै छ। त्यस बाढीमा परी यस राज्यका अधिकारीहरुले यहाँ जनधनको ठूलो क्षति भएको बताएका छन्।

आसाम राज्यको विपद् व्यवस्थापन विभागले दिएको जानकारीअनुसार यहाँ शुक्रबार बिहानसम्म ९३ जनाको ज्यान गएको र शुक्रबार राति थप तीन जनाको शव भेटिएको बताएको हो।

यहाँका २७ लाख मानिस नराम्ररी प्रभावित भएका पनि सो विभागले जनाएको छ। उनीहरु घरबास छोडेर सुरक्षित स्थलतर्फ जानुपर्ने अवस्था आएको बताइएको छ।

तीमध्ये चार हजार भन्दा बढी मानिस घरबारबिहीन नै भएका छन् । आसाममा चार सयभन्दा बढी शिविर बनाएर विस्थापित भएका मानिसहरुलाई राखिएको बताइएको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .