ad ad

समाज


सोमबारसम्म सामान्य, मंगलबारदेखि फेरि ठूलो वर्षाको सम्भावना

सोमबारसम्म सामान्य, मंगलबारदेखि फेरि ठूलो वर्षाको सम्भावना

नेपालखबर
साउन १०, २०७७ शनिबार ०:४९,

मनसुनको न्यून चापीय रेखा हटेकाले सोमबारसम्म धेरै ठूलो वर्षा नहुने मौसमविद्ले अनुमान गरेका छन्। तर मंगलबारदेखि अघिल्लो हप्ताजस्तै देशभर र ठूलो वर्षा हुने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार अहिले नेपालको दक्षिणी क्षेत्रमा मनसुनको न्यून चापीय क्षेत्र विकास भएको छ। यही क्षेत्रबाट रेखा बन्ने हो। जुन पूर्वदेखि पश्चिमसम्म फैलिएर रहन्छ। अहिले त्यस्तो रेखा हटेकाले आगामी तीन दिनसम्म खासै ठूलो वर्षा हुने सम्भावना देखिएको छैन।

‘तर सोमबार बेलुका फेरि न्यून चापीय रेखा बन्ने सम्भावना छ,’ मौसमविद् बासीले शनिबार बिहान नेपालखबरसँग भनिन्, ‘त्यसका कारण मंगलबार र बुधबार अघिल्लो हप्ताजस्तै देशभर भारी वर्षा हुने अनुमान गरिएको छ।’

आज कता कता कस्तो वर्षा होला?
मौसम पूर्वानुमान महाशाखका अनुसार अहिले बिहान देशभर सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा भईरहेको छ। यस्तै दिउँसो पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। बाग्मती, गण्डकी, ५ नम्बर र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

यसैगरी राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ भने प्रदेश १ का एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .