समाज


युरोप पठाइदिन्छु भनेर ५१ लाख ठग्ने पक्राउ

युरोप पठाइदिन्छु भनेर ५१ लाख ठग्ने पक्राउ

नेपालखबर
साउन २, २०७६ बिहिबार ७:३२,

आकर्षक तलबसहित वर्किङ भिषामा युरोप पठाइदिन्छु भनी प्रलोभनमा पारी ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका धापासी बस्ने नबीनकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। चितवन रत्ननगर नगरपालिका–४ देवौली घर भएका ३१ वर्षीय उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।

चौधरीले प्रलोभनमा पारेर विभिन्न व्यक्तिसँग फरक फरक मितिमा करिब ५१ लाख ५० हजार रुपैयाँ लिएको प्रहरी अनुसन्धानबाट देखिएको छ। उनले पीडितलाई युरोप लान भनेर भारतसम्म पुर्‍याएर अलपत्र पारेका थिए।

पीडितहरुले त्यसपछि प्रहरीमा उजुरी गरेका थिए। लामो समय सम्पर्कबिहीन रहेका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले काठमाडौंको टोखा नगरपालिका–६ बाट पक्राउ गरेको हो। महाशाखाले थप अनुसन्धान तथा कारवाहीका लागि उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad