तीन घण्टादेखि चितवन, नवलपरासी, तनहुँ, गोरखा, धादिङ, लमजुङ, नुवाकोट र आसपासका स्थानमा भारी वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
यसैगरी काठमाडौं उपत्यकासहित रसुवा, मकवानपुर, सिन्धुली र प्रदेश २ का धेरै स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 23, 2020श्रावण ८,राती ९ बजे
पछिल्लो ३ घण्टामा #चितवन,#नवलपरासी,#तनहूँ,#गोरखा,#धादिङ,#लमजुङ, नुवाकोटका केहि स्थानमा मध्ययम -भारी बर्षा भईरहेकोले साना नदीमा आकस्मिक बहाव हुनको साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्छ,सतर्क रहौ
चित्रःपछिल्लो ३ घण्टाको बर्षा pic.twitter.com/ajRqJiHtTD
जसका कारण काठमाडौं उपत्यकासहित रसुवा, चितवन, नवलपरासी, तनहुँ, गोरखा, धादिङ, लमजुङ, नुवाकोट तथा आसपास भई बहने नदीमा बाढीको खतरा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। तसर्थ भोलि बिहानसम्म सतर्क रहन महाशाखाले आह्वान गरेको छ।


प्रतिक्रिया