ad ad

समाज


काठमाडौंमा शौच गरिरहेका बेला पहिरो खस्दा युवकको मृत्यु

काठमाडौंमा शौच गरिरहेका बेला पहिरो खस्दा युवकको मृत्यु

नेपालखबर
साउन ५, २०७७ सोमबार ३:४६,

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १, गागलफेदीको सतीघट्टा भन्ने स्थानमा पहिरोले पुर्दा एक युवकको मृत्यु भएको छ।

बौद्धस्थित महानगरीय प्रहरी वृत्तका प्रमुख डीएसपी नवीन कार्कीले सोमबार बिहान दिएको जानकारीअनुसार आइतबार साँझ पहिरोले पुर्दा सतीघट्टा नै घर भएका २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो।

‘उनी साथीहरूसँग घुम्न निस्किएका रहेछन्,’ डीएसपी कार्कीले नेपालखबरसँग भने, ‘त्यस क्रममा उनी शौच गर्न गएका रहेछन्, त्यही बेला माथिबाट पहिरो खस्दा उनी पुरिएछन्।’

उनका अनुसार घटना आइतबार साँझ साढे ६ बजेतिरको हो। ‘पहिरो पन्छाएर शव निकाल्नुपर्‍याे,’ उनले भने, ‘अहिले शव टिचिङमा अस्पतालमा छ।’

डीएसपी कार्कीका अनुसार खोला छेउको त्यो ठाउँमा यसअघि भने कहिले पहिरो गएको थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .