गत सोमबार न्युयोर्कस्थित म्यानह्याटनको अपार्टमेन्टमा फहिमको शव क्षतविच्छेद भएको अवस्थामा भेटिएको थियो।
फहिमको हत्या आरोपमा उनै निजी सहयोगी २१ वर्षका टाइरेस ह्यासपिल पक्राउ परेको बीबीसीले जनाएको छ।
हत्यापछि टाइरेसले फहिमको क्रेडिट कार्ड प्रयोग गरेको देखिएको प्रहरीको भनाइ छ। हाल यस विषयमा थप अनुसन्धान जारी छ।
फहिमले स्थापना गरेको पठाओ कम्पनी बंगलादेश, नाइजेरिया र नेपालमा निकै लोकप्रिय छ।
पठाओलाई हुसेन इलिएस र फहिमले संयुक्त रुपमा स्थापना गरेका थिए। एजेन्सी

प्रतिक्रिया