समाज


आइतबारदेखि व्यापक वर्षा र बाढीपहिरोको सम्भावना : मौसम विज्ञान विभाग

आइतबारदेखि व्यापक वर्षा र बाढीपहिरोको सम्भावना : मौसम विज्ञान विभाग

नेपालखबर
साउन १, २०७७ बिहिबार १६:१३,

एक-दुई दिनदेखि केही कम भएको वर्षा साउन ४ गते रातिदेखि फेरि बढ्ने सम्भावना देखिएकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैलाई आग्रह गरेको छ।

विभागले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार साउन ४ गते रातिदेखि मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आउने भएकाले त्यसको ३–४ दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यमसम्म तथा केही स्थानमा भारी साथै एक–दुई स्थानमा अति भारी (ज्यादै ठूलो) वर्षा हुने सम्भावना छ।

विशेषगरी साउन ५ देखि ८ गतेसम्म व्यापक र ठूलो वर्षा हुने जसका कारण देशव्यापी रूपमा बाढीपहिरोको जोखिम देखिएकाले विशेष पूर्वतयारी र उच्च सतर्कता अपनाउन विभागले सम्बन्धित सबैलाई सुझाव दिएको छ।

हेराै‌ँ, विभागकाे विज्ञप्ति:

download

यस्तै बाढी पूर्वानुमान महाशाखाले पनि साउन ५ देखि ८ गतेसम्म देशभर बाढीको सम्भावना रहेको जनाएको छ।

महाशाखाले बिहीबार प्रकाशन गरेकाे सूचनामा भनिएकाे छ- श्रावण ५-८ गते सम्म कन्काई, सप्तकोसी र सहायक नदी तमोर, अरूण, सुनकोसी, कमला, बागमती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई, कर्णाली र यसका सहायक नदीमा बहाव बढ्ने, केहीमा सतर्कता पुग्न सक्ने,तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔँ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad