समाज


हत्याका फरार अभियुक्त १४ वर्षपछि पक्राउ

हत्याका फरार अभियुक्त १४ वर्षपछि पक्राउ

नेपालखबर
साउन १, २०७७ बिहिबार १०:३८,

प्रहरीले २०६३ सालमा भएको हत्याका एक अभियुक्तलाई पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा झापाकाे साविक मेचिनगर नगरपालिका–८ (हाल वडा नं.५) बस्ने बौदल लामगाधे भन्ने पुण्य प्रसाद विक रहेका छन्।

२७ वर्षका लामगाधेले झापाकै टागनडुब्बा गाविसा–९ बस्ने वर्ष ३५ को नत्थु विश्वकर्माको हत्या गरी फरार भएको प्रहरीले जनाएको छ।

jhapali-14-yrs.jpg

रक्सीको नशाले मातेका बौदलले कुटपिट गर्दा नत्थु विकको उपचारको क्रममा विराट नर्सिङ होममा २०६३ चैत २५ गते मृत्यु भएको थियो।

प्रहरीले बौदललाई मेचिनगर नगरपालिका–८ स्थित इँटाभट्टा चौकमा लुकिछिपि बसिरहेको अबस्थामा फेला पारी बुधबार पक्राउ गरेको हो।

उनलाई झापा जिल्ला अदालतबाट पहिलो पटक ७ दिनको म्याद थप गरी हाल अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad