समाज


काठमाडौं जिल्ला अदालतको क्यान्टिनलाई एक लाख जरिवाना

काठमाडौं जिल्ला अदालतको क्यान्टिनलाई एक लाख जरिवाना

नेपालखबर
साउन १, २०७७ बिहिबार १०:२४,

काठमाडौं जिल्ला अदालत, बबरमहलमा संचालित क्यानटिनले अखाद्य वस्तु विक्री वितरण गरेको भन्दै सरकारी अनुगमन टोलीले एक लाख रुपैया जरिवाना तिराएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले क्यानटिन संचालकलाई कारवाही गरेको हो।

विभागको टोलीले बुधबार अनुगमन गर्दा व्यवसाय दर्ता नगरेको, अखाद्य वस्तु बिक्रीबितरण गरेको पाइएको थियो।

‘अनुगमनका क्रममा व्यवसाय दर्ता नगरेको, खान लायक समेत नरहेका वस्तु बिक्री वितरण गरेको लगायतका कैफियत भेटिएपछि क्यानटिनलाई एक लाख रुपैया जरिवाना गरिएको हो,’ विभाग अनुगमन शाखा प्रमुख सागर मिश्रले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad