समाज


भोटेकोसी पहिरो अपडेट : बेपत्ता पाँचै महिला, एकको शव भेटियो

भोटेकोसी पहिरो अपडेट : बेपत्ता पाँचै महिला, एकको शव भेटियो

नेपालखबर
साउन १, २०७७ बिहिबार ३:२९,

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर ४, फुल्पिङकट्टीमा बुधबार राति पहिरोले घर पुर्दा बेपत्ता पाँच महिलामध्ये एक जनाको शव भेटिएको छ।

त्यहाँका वडाअध्यक्ष साङदोर्जे शेर्पाले टेलिफोनमार्फत भर्खरै दिएको जानकारीअनुुसार पहिरोमा पुरिएर बेपत्तामध्ये ३४ वर्षीया मिमासाङमु शेर्पाको शव फेला परेको हो। उनी घरमूली ग्यान्जेन शेर्पाकी श्रीमती हुन्। ग्यान्जेनचाहिँ काठमाडौं बस्ने गरेकाले बचेका हुन्।

पहिरोले स्थानीय पञ्चकन्या आधारभूत विद्यालयको भवनमा पनि आंशिक क्षति-

pasi

बुधबार राति २ बजेतिर खसेको पहिरोले उनको परिवारका पाँचै सदस्य पहिरोमा परी बेपत्ता भएका हुन्। वडाध्यक्ष शेर्पाका अनुसार अब उनका ७० वर्षीया आमा सोमबुटी शेर्पा, बैनी ३७ वर्षीया सेङसाङ शेर्पा, छोरीहरू १५ वर्षीया याङजी शेर्पाा र १२ वर्षीया आङमु शेर्पा फेला पर्न बाँकी छ।

‘प्रहरी टोली पनि आइपुगेको छ,’ उनले भने, ‘बेपत्ता खोजिरहेका छौं।’

उनका अनुसार पहिराले दुई घर पुरिए पनि अर्काे घरमा कोही बस्थेनन्। त्यो घर नोर्साङ शेर्पाको हो। यसैगरी पहिरोले स्थानीय पञ्चकन्या आधारभूत विद्यालयको भवनमा पनि आंशिक क्षति पुर्‍याएकाे छ।

याे पनि: 

भाेटेकाेसीमा पहिरोले एकै परिवारका ५ बेपत्ता, काठमाडौंमा रहेकाले घरमूली बचे

सिन्धुपाल्चोकमा फेरि गयाे पहिरो : दुई घर बगे, पाँच जना बेपत्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad