समाज


बेपत्ता इन्जिनियरको शव फेला

बेपत्ता इन्जिनियरको शव फेला

नेपालखबर
असार ३१, २०७७ बुधबार १३:४२,

मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटिएको छ।

परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मंगलबार दिउँसो दुई जना बेपत्ता भएका थिए।

तीमध्ये अन्दाजी २५ वर्षीय इन्जिनियर सतीश गोहितको शव आज अपराह्न ४ बजे मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए।

अर्का बेपत्ता भएका आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगरको खोजी जारी रहेको पनि उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad