समाज


अबेइमा खटेका शान्ति सेनाको आक्रमणमा परी मृत्यु

अबेइमा खटेका शान्ति सेनाको आक्रमणमा परी मृत्यु

नेपालखबर
साउन १, २०७६ बुधबार ७:५१,

सुडान र दक्षिण सुडानको विवादित सीमावर्ती नगर अबेईमा भएको आक्रमणमा एक जना शान्ति सैनिकको मृत्यु भएको छ।

राष्ट्रसंघका प्रवक्ता फरहान हकले अबेईमा सोमबार घुम्न निस्केका दुई जना शान्ति सैनिकमाथि अज्ञात व्यक्तिले आक्रमण गरेको बताए।

गोली लागेका इथियोपियाका शान्ति सैनिकको मृत्यु भएको हकले बताएका छन्। अबेईमा राष्ट्रसंघीय शान्ति सैनिक तैनाथ छन्।

उक्त आक्रमणका क्रममा दुई महिला र एक बालक सहित पाँच जना सर्वसाधारणको पनि ज्यान गएको छ।

आक्रमणकारीको खोजी तीव्र बनाइएको पनि राष्ट्रसंघीय अधिकारीले बताएका छन्।

संयुक्त राष्ट्र सुरक्षा परिषदले सन् २०११ मा अबेईमा शान्ति सैनिक तैनाथ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .