समाज


चीनमा भिषण बाढीका कारण १४१ को मृत्यु, ठूलो धनजनको क्षति, करोडौं मानिस प्रभावित

चीनमा भिषण बाढीका कारण १४१ को मृत्यु, ठूलो धनजनको क्षति, करोडौं मानिस प्रभावित

नेपालखबर
असार २९, २०७७ सोमबार ७:२५,

केही समययता जारी भिषण बाढीका कारण यहाँका १४१ जना व्यक्तिको निधन भएको छ।

यो बाढीका कारण ३ करोड ८० लाख व्यक्ति प्रभावित भएका बताइएको छ। चीनका विभिन्न ठाउँमा हालैको अविरल वर्षापछि बाढी आएको हो।

चीनका २७ स्थानमा बाढीले जनजीवन प्रभावित पारेको बताइएको छ। यहाँ पछिल्ला केही दिनमा आएको यस बाढीबाट २२ लाख भन्दा बढी नागरिकलाई उद्धार गरिएको छ।

China floods: Ancient town of Fenghuang submerged in water - BBC News

चीनको याङ्चेसहितका कयौँ नदीमा पानीको सतह बढेपछि बाढी आएको बताइएको छ।

बाढीका कारण यहाँका ठूलो संख्याका नागरिक गएको कम्तीमा एक हप्तादेखि नराम्ररी प्रभावित भएका बताइएको छ।

बाढीका कारण यहाँका २८ हजार भन्दा बढी घरमा क्षति पुगेको छ। यसबाट यहाँको ११ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको बताइएको छ।

बाढीको त्रास बढ्दै गएपछि चिनियाँ राष्ट्रपति सि चिनफिङले सबै नागरिकलाई आवश्यक मात्रामा सतर्कता अपनाउन आग्रह गरेका छन्। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .