ad ad

समाज


नेपालबारे भ्रामक समाचार दिनेबाहेक अन्य भारतीय न्युज च्यानल खुल्ला

नेपालबारे भ्रामक समाचार दिनेबाहेक अन्य भारतीय न्युज च्यानल खुल्ला

नेपालखबर
असार २९, २०७७ सोमबार ६:५३,

केही दिनदेखि बन्देज लगाइएका भारतीय समाचार च्यानलहरुमध्ये केहीबाहेक अन्यलाई खुला गरिएको छ। नेपालको बारेमा भ्रामक समाचार दिएका समाचार च्यानलबाहेक अन्यलाई खुला गरिएको केवल अपरेटरहरुले जनाएका छन्।

‘सबै च्यानललाई बन्देज लगाउनु उपयुक्त होइन भन्ने सबै अपरेटरको सहमति भयो’, म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले नेपालखबरसँग भने।

उनका अनुसार अहिलेलाई आजतक, जी–न्युज, एबिपी न्यूज, इन्डिया टिभीलगायतका ६ वटा च्यानल बन्द रहनेछन्।

‘नेपालविरुद्धका भ्रामक समाचार दिएका अन्य च्यानललाई पनि बन्देज लगाउने गरी अहिलेलाई यी च्यानललाई बन्द गरिएको हो’, शर्माले भने।

ग्राहकको माग र आम्दानीको पनि विषय भएकाले अहिलेलाई केही च्यानलमात्र बन्द गरिएको सेवा प्रदायकको भनाइ छ।

भारतीय केही टेलिभिजन च्यानलहरुले नेपाल र नेपालीविरुद्ध अनर्गल सामग्री प्रसारण गर्न थालेपछि केवल टेलिभिजन सेवा प्रदायकले बिहीबार रातिदेखि भारतीय समाचार च्यानलहरु बन्द गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .