समाज


वर्षा अझै तीन दिन (मंगलबारसम्मको माैसमी अनुमानसहित)

वर्षा अझै तीन दिन (मंगलबारसम्मको माैसमी अनुमानसहित)

नेपालखबर
असार २८, २०७७ आइतबार १:२४,

केही दिनयता देशभर भइरहेकाे वर्षा कम्तीमा अझै तीन दिन जारी रहने मौसमविद्ले अनुमान गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार दक्षिणी क्षेत्रतर्फ नेपाल नजिकै रहेको मनसुनको न्यून चापीय रेखा केही तल सर्ने र वर्षाको मात्रा थोरै कम हुने सम्भवना देखिएको छ।

‘तर केही कम मात्र हुने हो,’ आइतबार बिहान नेपालखबरसँग उनले भने, ‘वर्षा त अझै तीन दिन भइरहने देखिन्छ।’

न्यून चापीय रेखा भोलि (सोमबार) केही तल सरे पनि पुनः माथि आउने सम्भावना पनि रहने उनले बताए।

नेपालखबरको जिज्ञासामा उनले भने, ‘यो रेखा तलमाथि सरिरहन्छ, त्यही भएर भोलि तल सरेपछि तलको तलै जाने हुँदैन, फेरि माथि (नेपालनजिक) आउन पनि सक्छ र वर्षा पुनः बढ्न सक्छ।’

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देका धेरैजसो स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।

प्रदेश १, २ र बागमतीका थोरै स्थान साथै गण्डकी, ५ नम्बर र सुदूरपश्चिम प्रदेशको एकरदुई ठाउँमा भारी (ठूलो) वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

यसैगरी राति पनि माथि उल्लिखित स्थानमा त्यही मात्राको वर्षा जारी रहने महाशाखाले जनाएको छ।

बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा भने मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद् प्रधानांगले जानकारी दिए। उनका अनुसार मनसुनयता उपत्यकामा अहिलेसम्म भारी वर्षा भएको छैन।

मनसुनका बेला ५० मिलिमिटर भन्दा माथिको वर्षालाई भारी मानिन्छ। बितेको २० घण्टामा उपत्यकामा ९.३ मिलिमिटर वर्षा भएको छ।

मौसमविद् प्रधानांगका अनुसार बितेको २४ घण्टामा प्रदेश १, २, गण्डकी तथा बागमती प्रदेशका पनि एक–दुई स्थानमा भारी वर्षा भएको छ।

हेराैँ, माैसम पूर्वानुमान बुलेटिन जस्ताकाे तस्तै:

नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान बुलेटिन
जारी मितिः २०७७/०३/२८, बिहान ६ बजे
मौसम विश्लेषण
हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागनजिक छ।

हालको मौसमको अवस्था
देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमती प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको भइरहेको छ। प्रदेश १ र २ का थोरै स्थानमा भारी वर्षा पनि भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
असार २८ गते आइतबार
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा र गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

रातीः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा साथै गण्डकी प्रदेशको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

असार २८ गते सोमबार
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

राती: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ तथा प्रदेश २ थोरै स्थानमा र बागमती प्रदेश तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

असार २९ गते मंगलबार
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र प्रदेश २ थोरै स्थानमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश ५का एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

राती: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ तथा प्रदेश २ थोरै स्थानमा र बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र प्रदेश १, प्रदेश २, बागमती प्रदेशका थोरै स्थानमा साथै गण्डकी प्रदेश, प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुँदा उक्त प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad