ad ad

समाज


बाढी–पहिरो पीडितलाई उद्धारपछि विद्यालय र सार्वजनिक भवनमा राखिने

बाढी–पहिरो पीडितलाई उद्धारपछि  विद्यालय र सार्वजनिक भवनमा राखिने

नेपालखबर
असार २७, २०७७ शनिबार ८:२५,

बाढी–पहिरो पीडितहरुलाई तत्काल उद्धार गरी सार्वजनिक भवन र विद्यालयहरुमा राख्ने विषयमा छलफल भएको छ।

राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालासँग गरेको छलफलमा तत्काल उद्धार गरी सामुदायिक विद्यालयमा राख्न सकिने विषयमा छलफल गरेको छ।

कोरोना संक्रमणको जोखिमसँगै मनसुन सुरु भएपछि देशका विभिन्न ठाउँमा बाढी पहिरोले क्षति पु¥याएपछि प्राधिकरणले उद्धार र राहतका विषयमा सरोकारवालाहरुसँग गरेको छलफलमा यस्तो बताएको हो।

शनिबार मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बाढी पहिरोका घटनाहरु बढिरहेको अवस्थामा तत्काल उद्धार, राहत र पुर्नस्थापनाका विषयमा प्राधिकरणले सरोकारवालहरुसँग छलफल भएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए। प्राकृतिक विपदबाट पीडितहरुलाई तत्काल उद्धार गरी विद्यालय भवन वा सार्वजनिक भवनहरुमा पुर्नस्थापना गर्ने विषयमा छलफल भएको उनले बताए।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली विपक्षी दलका नेता शेरबहादुर देउवा लगायत विभिन्न मन्त्रालयका मन्त्रीहरु र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो।

गृह मन्त्रालय अन्तरर्गतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रको तथ्याङ्क अनुसार शुक्रबार बाढी र पहिरोबाट ८ जिल्ला प्रभावित भएका छन्। बाढी र पहिरोमा परी २३ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन्। घटनामा २६ जना घाइते भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .