समाज


यातायात व्यवसायीले आन्दोलन गरे पनि छोटो दूरीमा साझा यातायात चल्ने

यातायात व्यवसायीले आन्दोलन गरे पनि छोटो दूरीमा साझा यातायात चल्ने

वसन्त अर्याल
असार २७, २०७७ शनिबार ५:५६,

सार्वजनिक यातायात व्यवसायीले आन्दोलन गरेपनि साझा यातायातले बस चलाउने भएको छ। साझा यातायातले केही दिनभित्रै बस चलाउनेगरी तयारी थालेको हो।

साझाले साउन १ देखि बस चलाउने तयारी गरिरहेको जानकारी दिएको छ। साझा यातयातका अध्यक्ष कनकमणि दीक्षितले छोटो दुरीमा साझा बस गुड्न तयार भएर बसेको भन्दै तस्बिर ट्वीट गरेका छन्। 

‘सरकारले तोकेको मापदण्ड बनाई साझा यातायात सञ्चालनको लागि तयारी भैरहेको छ,’ साझा यातायातका व्यवस्थापक महेन्द्रराज पाण्डेले भने, ‘साउन १ देखि साझा यातायात चलाउने प्रयास गरेका छौं। हाम्रो तयारी पूरा भयो भने नियमित रुटमा गाडी चलाउँछौं।’

उनले करिब ४ महिनादेखि बन्द रहेका गाडी ‘मेन्टेन’ गरेपछि मात्रै चल्नसक्ने बताए।

‘सरकारले सार्वजनिक यातायात चल्ने भनेर बिहीबार निणर्य सार्वजनिक गर्यो,’ उनले भने, ‘बसको अवस्था, कर्मचारी व्यवस्थापन, स्वस्थ्य मापदण्ड लगायतको तयारीपछि साझा यातायात चल्छ।’

यातायात व्यवसायी महासंघ र सार्वजनिक यातायात केन्द्रिय महासंघले विभिन्न माग राख्दै सार्वजनिक यातायात सञ्चालन नगर्ने बताएका छन्। व्यवसायीले बैंकको किस्ता, स्वास्थ्य बिमा, स्वस्थ्य सुरक्षा मापदण्ड लगायतका माग सम्बोधन गर्नुपर्ने शर्त अघि सारेका छन्।

बिहीबार अर्थ र सूचना प्रविधा तथा सञ्चारमन्त्री युवराज खतिवडाले छोटो दुरीमा सार्वजनिक यातायात चल्ने मन्त्रिपरिषदले निणर्य गरेको जानकारी दिएका थिए।

मन्त्री खतिवडाका अनुसार सार्वजनिक यातायात सञ्चालनमा आएपनि काठमाडौं उपत्यका बहेक अन्य एक जिल्लाबाट अर्को जिल्लामा जान भने अनुमति छैन। सार्वजनिक यातायातले ५० प्रतिशत सिट क्षमतामा ५० प्रतिशत भाडा बढी लिएर यात्रु बोक्न पाउने सरकारले निर्णय गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad