समाज


आठ प्रहरी हत्याका अभियुक्त विकास दुबे मारिनु जब उनकै पत्नीले ‘ठीक हाे’ भनिन्...

आठ प्रहरी हत्याका अभियुक्त विकास दुबे मारिनु जब उनकै पत्नीले ‘ठीक हाे’ भनिन्...

नेपालखबर
असार २७, २०७७ शनिबार ४:४३,

भारतको कानपुरमा डीएसपीसहित आठ प्रहरी हत्याका मुख्य अभियुक्त विकास दुबेको दाहसंस्कार शुक्रबार साँझ भैरोंघाटस्थित विद्युत् शवदाह गृहमा गरिएको छ। उनको अन्त्येष्टिमा उनका पत्नी ऋचा र छोरो पनि सहभागी थिए।

त्यहाँ पत्रकार तथा प्रहरीको जमघट बाक्लो थियो। विकास दुबेकी पत्नीलाई उनकाे पतिकाे मृत्युबारे पत्रकारले प्रश्न गरे।  जवाफमा उनले ‘जस्तो गल्ती उस्तै सजाय’ भनिन्।  

हिन्दुस्तान अखबारका अनुसार जब ऋचालाई तपाईंको पतिले गल्ती गरेका थिए, त्यसकारण सजाय पाएँ भन्नेमा तपाईं सहमत हुनुहुन्छ भनेर सोधियो, तब उनले भनिन्, ‘हो, हो, हो!’

उसो भए दुबेलाई जुन सजाय भयो, त्यो सही छ?

जवाफमा ऋचाले भनिन्, ‘हो, सही छ।’

तर उनी पत्रकारबाट तुरुन्तै भागिन्।

ऋचाका साथ उनका छोरा पनि साथमा थिए।

केही दिनअघि विकास दुबेका १२ वर्षीय छोरा एक तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो। जहाँ उनी आफ्नी आमा ऋचाका साथ घुँडा टेकेर बसेका थिए। दुबेको अन्तिम संस्कार पनि आमाछोरा सँगै थिए।

यस्तै विकास दुबेका बुबाले पहिले नै आफ्नो छोराको अन्तिम दर्शनमा नजाने भनेका थिए।विकास दुबेकी आमाले जब आफ्ना छोराको मृत्यु भएको खबर सुनिन्, तबदेखि उनी बेपत्ता भइन्। उनलाई पनि पत्रकारले छोरा दुबेलाई दिइएको सजाय ठीक छ कि छैन भनेर सोध्ने प्रयास गरेका थिए, तर उनी अन्तिम संस्कारमा आउँदै आइनन्।

याे पनि: डीएसपीसहित ८ प्रहरी हत्या गर्ने गुन्डा विकास दुबेको ‘इन्काउन्टर’: कहाँ-कहाँ, कति हानियो गोली?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad