समाज


निजी क्षेत्रको नेशनल प्याथ ल्याबले पायो पीसीआर परीक्षणको अनुमति

निजी क्षेत्रको नेशनल प्याथ ल्याबले पायो पीसीआर परीक्षणको अनुमति

नेपालखबर
असार २५, २०७७ बिहिबार ७:४५,

सरकारले निजी क्षेत्रमा नेशनल प्याथ ल्याब बुटवललाई आरटी पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने अनुमति दिएको छ।

नेशनल प्याथ ल्याबले निजी प्रयोगशालालाई कोभिड–१९ को मोलिक्युलर परीक्षण (पीसीआर) गर्न अनुमति दिनेसम्बन्धी ‘निर्देशिका २०७७’ अनुसार सबै मापदण्ड पूरा गरी बुटवल–१२ बेलबासस्थित लायन्स क्लब अफ बुटवल सिद्धबाबाको सहयोगमा लायन्स उपचार केन्द्रको भवनमा बायोसेफ्टी लेबल–२ को अत्याधुनिक कोरोना परीक्षण ल्याब स्थापना गरेको ल्याबका प्रबन्धनिर्देशक पवन जोशीले जानकारी दिए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्राविधिक टोलीको अनुगमन तथा मूल्यांकन रिपोर्टका आधारमा अनुमति दिइएको हो।

anumati corona hospital

प्रयोगशालाले जैविक सुरक्षा जोखिमलाई ध्यानमा राख्दै प्रयोगशाला रहेको स्थानभन्दा बेग्लै स्थानमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरेको छ। सरकारी अनुमति पाएको नेसनल प्याथ ल्याबले अहिले सरकारले उपलब्ध गराएको नमूना मात्रै परीक्षण गर्नुपर्ने र सोको भुक्तानी सरकारले नै दिनेछ।

उक्त प्रयोगशालाबाट चौबीसै घण्टा सेवा दिनसकिने र दैनिक न्यूनतम ३ सयदेखि ४ सयसम्म नमूना परीक्षणको क्षमता रहेको छ। उक्त प्रयोगशालामा पीसीआर ल्याबमा दक्ष प्याथोलोजिस्ट, माइक्रोबायोलोजिस्ट, ल्याब टेक्नोलोजिस्ट तथा ल्याब टेक्निसियन रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad