समाज


भारतीयसँगको मिलेमतोमा अनलाइन विज्ञापनमार्फत ८० लाख ठगी

भारतीयसँगको मिलेमतोमा अनलाइन विज्ञापनमार्फत ८० लाख ठगी

नेपालखबर
असार ३१, २०७६ मंगलबार ११:५७,

सस्तो मूल्यमा सामान पठाइदिन्छु भन्दै अनलाइनमार्फत विज्ञापन गरी रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने मध्ये एक भारतीय नागरिक छन्।

महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले मंगलबार खुशिबुबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–१६ खुशिवु नयाँबजार बस्ने भारत उत्तर प्रदेश घर भएका ३० वर्षीय आकिव जावेद, काठमाडौं क्षेत्रपाटी बस्ने महोत्तरी सोनमा गाउँपालिका–७ घर भएका २० वर्षीय एमडी सगिर शेख र काठमाडौं महानगरपालिका–१६ खुशिवु नयाँबजार बस्ने महोत्तरी गौशाला नगरपालिका–५ घर भएका २२ वर्षीय यमदादुल मोमिन रहेका छन्।

मोवाईलबाट हवाट्स एप, ईमो, भाइबर, फेसबुक लगायतका सामाजिक संजालहरुमा तारा ग्याजेड्स नामक पेज बनाई विदेशबाट ब्रान्डेड ल्यापटप, मोवाईल, क्यामेरा, घडी श्रृङगार लगायतका सामानहरु सस्तो मूल्यमा पठाईदिने विज्ञापन गरी ठगी गरेको प्रहरीले जनाएको छ।

उनीहरुले एक महिनाको समयमा ८० लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .