समाज


कोरियामा मजदुरको पक्षमा नयाँ कानुन, कामदारमाथि दमन भए मालिकलाई जेल सजाय

कोरियामा मजदुरको पक्षमा नयाँ कानुन, कामदारमाथि दमन भए मालिकलाई जेल सजाय

नेपालखबर
असार ३१, २०७६ मंगलबार ११:५२,

नयाँ कानुन अनुसार कामदारमाथि दमन भएको पाइए अवस्थाअनुसार कुनै पनि कम्पनीका मालिकलाई अथवा उत्पीडन गर्ने व्यक्तिलाई जेल सजाय दिइनेछ। उनीहरुलाई जरिवाना गरिनेछ।

दक्षिण कोरियामा पहिलोपटक मजदुरको पक्षमा यो कानुन बनेको हो। अब कार्यस्थलको उत्पीडनविरुद्ध कामदारले प्रहरीमा उजुरी दिन सक्नेछन्।

दक्षिण कोरियाका ७० प्रतिशत मजदुरहरु उत्पीडनमा परेको बीबीसीले उल्लेख गरेको छ। उनीहरुमाथि धम्कीहरु पनि आउने गरेको छ।

यसअघि मजदुरहरुको पक्षमा दक्षिण कोरियामा कानुन थिएन। अब भने मजदुरले कम्पनीविरुद्ध अथवा पीडकविरुद्ध उजुरी दिनसक्ने भएका छन्।

TV workers hold a rally on 16 July before submitting a complaint on workplace harassment to the employment office in South Korea

नयाँ कानुन अनुसार कम्पनीका मालिकले अथवा कार्यस्थलमा ज्यादती गर्ने व्यक्तिले मजदुरमाथि उत्पीडन गरेको पाइए ३ वर्षको जेल सजायदेखि २५ हजार ४७० अमेरिकी डलरसम्म जरिवाना तिर्नुपर्ने हुन्छ।

मजदुरले क्षतिपूर्ति पाउनेसमेत व्यवस्था गरिएको छ। दक्षिण कोरियास्थित मानवअधिकार आयोगको अध्ययनका अनुसार कोरियाका ७० प्रतिशत कामदार उत्पीडनमा परेका छन्।

तर ६० प्रतिशत पीडित यसबोर बोल्न चाहँदैनन्। आयोगका अनुसार १२ प्रतिशत कामदार हरेक दिन मालिक अथवा आफूभन्दा अनुभवी कामदारबाट पीडित छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .