ad ad

समाज


राष्ट्रसंघको चेतावनीः वन्यजन्तु जति मार्छौ र दुरुपयोग गर्छौ त्यति धेरै रोग देखापर्छ

राष्ट्रसंघको चेतावनीः वन्यजन्तु जति मार्छौ र दुरुपयोग गर्छौ त्यति धेरै रोग देखापर्छ

नेपालखबर
असार २३, २०७७ मंगलबार ७:५६,

वन्यजन्तु धेरै मारेका कारण र वन्यजन्तुको दुरुपयोग भएका कारण संसारमा धेरै रोग देखा परेको राष्ट्रसंघको भनाइ छ।

यूएन इन्भारामेन्ट प्रोग्राम एन्ड इन्टरनेसनल लाइभस्टक रिचर्स इन्स्टिच्युटको प्रतिवेदनमा कोरोना भाइरसजस्ता खतरनाक रोग मानिसकै कारण देखा परेको उल्लेख गरिएको छ।

प्राकृतिक स्रोतको विनाश गरिनु, वातावरण प्रदुषण बढ्नु, जलवायु परिवर्तन हुनु र बन्यजन्तुको दुरुपयोग भएका कारण संसारमा खतरनाक रोगहरु देखा परेको अनुसन्धानमा बताइएको छ।

अनुसन्धानका अनुसार जुनोटिक रोग अर्थात् जनावरबाट मानिसमा सर्ने रोग झन् झन् बढ्दै गएको र वन्यजन्तु तथा वातावरण संरक्षणमा चासो नदिने हो भने त्यो अझै विस्तार हुनेछ।

यो विषय गम्भीरताका साथ नलिए संसारमा कोरोनाजस्ता अनगिन्ती घातक रोग देखा पर्ने चेतावनी दिइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .