ad ad

समाज


नेपालमा आएको बाढीकाे क्षतिप्रति संयुक्त राष्ट्रसंघका महासचिवद्वारा दुःख व्यक्त

नेपालमा आएको बाढीकाे क्षतिप्रति संयुक्त राष्ट्रसंघका महासचिवद्वारा दुःख व्यक्त

नेपालखबर
असार ३१, २०७६ मंगलबार ८:३,

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालसहित दक्षिण तथा दक्षिण पूर्वी एशियाली देशहरुमा मनसुनी वर्षापछि आएको बाढी पहिरोमा मृत्यु र विस्थापित भएको घटनाहरुप्रति दुःख व्यक्त गरेका छन्।

महासचिव गुटेरेसले पीडित परिवार, प्रभावित देशका सरकार तथा जनताप्रति ऐक्यबद्धता जनाउँदै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कारण गरेका छन्। पछिल्लो केही दिनदेखि लगातार परेको पानीपछि आएको बाढीका कारण नेपाल, भारत र बंगलादेशमा मात्रै १ सय ५० जनाभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी नेपालमा ७८ जना रहेका छन् ।

गत साता परेको अविरल वर्षाको कारण तराईको जिल्लाहरुमा बाढीको कारण डुबानमा परेका छन् भने पहाडी जिल्लाहरुमा पहिरो गएको छ । बढी र पहिरोको कारण हजारौ परिवार विस्थापित भएका छन्।

महासचिवका सहप्रवक्ता फरहान हकका अनुसार राष्ट्र संघ मनुसनको कारण प्रभावितहरुलाई मानवीय सहयोगका लागि सम्बन्धित देशका अधिकारीहरुसँग मिलेर काम गर्ने तयार रहेको महासचिव गुटरेसले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .