बझाङमा गएराति पहिरोले डेढ दर्जन घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको छ।
बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको वडाध्यक्ष गणेश बोहराले बताए।
‘अहिलेसम्म छ जनाको शव भेटिएको छ’, नेपालखबरसँग कुरा गर्दै वडाध्यक्ष बोहराले भने, ‘अझै एक जना बेपत्ता बेपत्ता हुनुहुन्छ।’ वडाध्यक्ष बोहरका अनुसार पहिरोले पुरिएर ४४ वर्षीय राममती देवी जेठारा, उनका १२ वर्षीय छोरा प्रयाग जेठारा, १३ वर्षीया छोरी अस्मीता जेठारा, दले जेठारा, १५ वर्षीय सन्तु जेठारा र १५ वर्षीय शान्ति जेठाराको शव भेटिएको छ।
२२ वर्षीय गिरी जेठाराको अवस्था अज्ञात रहेको वडाध्यक्ष बोहराले बताए।
जनप्रतिनिधि, स्थानीय र प्रहरीले उनको खोजी कार्य गरिरहेको छ।
उद्धारका लागि अहिले दुर्गाथली र धोताको प्रहरी टोली घटनास्थल पुगेको छ।
Shares
प्रतिक्रिया