समाज


कोरोना महामारीलाई वेवास्ता नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारीलाई वेवास्ता नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

नेपालखबर
असार २०, २०७७ शनिबार ८:२२,

‘विश्वका सबै देशका नागरिकले कोभिड–१९ सङ्क्रमण दरमा कमी नआएको यथार्थलाई मध्यनजर गर्दै सचेत बन्नुपर्ने आजको आवश्यकता रहेको छ’ संगठनका आपतकालीन सेवा निर्देशक मिखायल र्‍यानले शुक्रबार राति भने,‘अहिलेसम्म विश्वभर एक करोड ११ लाखभन्दा बढी व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको र पाँच लाख २९ हजारभन्दा बढीको मृत्यु भएको छ। सबैभन्दा बढी सङ्क्रमित अमेरिकी क्षेत्रमा रहेको र त्यसमा पनि संयुक्त राज्य अमेरिकामा कोभिड–१९ सङ्क्रमण र यसका कारण मृत्यु हुनेको सङ्ख्या विश्वका अन्य कुनै एक मुलुकभन्दा बढी रहेको छ।”

उनले भने,“अर्थतन्त्रलाई चुस्त दुरूस्त राख्नुपर्ने बाध्यता कुनै पनि राष्ट्रहरूलाई छ। यो सबैले बुझ्न सक्ने कुरा हो तर स्वास्थ्य सङ्कटलाई पनि वेवास्था गर्नु हुँदैन। यो समस्या जादुमयी तरिकाले हट्नेछैन।” एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .